निश्चलको ‘दिमाग खराब’मा स्वस्तिमा सहित बलियो ‘टिमअप’



काठमाडौँ।
निश्चल बस्नेतले निर्देशन गर्न लागेको चलचित्र ‘दिमाग खराब’मा श्रीमती स्वस्तिमा खड्कासहित बलियो ‘टिमअप’ हुने भएको छ । सोमबार ‘टाइटल’ पोस्टर सार्वजनिक गर्दै बस्नेतले स्वस्तिमामाको साथमा खगेन्द्र लामिछाने, दयाहाङ्ग राई, अर्पण थापा र बिजय बरालको प्रमुख भूमिकामा रहने जनाएका छन् ।

निश्चलले सामाजिक सञ्जालमा पोस्टर शेयर गर्दै ‘पिपुल भर्सेस पावर’ लेखेका छन् । उनले व्यंग्यात्मक शैलिमा ‘वास्तविक जिवनसँग मेल खाएमा संयोग मात्र हुने छैन’ लेखेका छन् । यसको अर्थ यो चलचित्र सत्य घटनाबाट प्रेरित रहेको भन्ने हुन्छ ।

यो वर्षको तिहारमा कार्तिक २४ गते प्रदर्शन हुने निधो गर्दै उनले चलचित्र निर्देशन गर्न लागेका हुन् । उनले पछिल्लो समय २०७४ सालमा प्रदर्शन भएको ‘लुट २’ पछि अन्य चलचित्रमा अभिनय गरेतापनि निर्देशन भने गरेका थिएनन् ।

प्रमुख कलाकारहरुसँगै अन्य टिम पनि सार्वजनिक गरिएको छ । छायाँकार सुसन प्रजापति, पटकथा आकाश बराल, संगीतकार जयन जे वाइवा र कालि प्रसाद बास्कोटा, सम्पादन निमेश श्रेष्ठ, कलरिस्ट राजेन्द्र मोक्तान, मुख्य सहायक निर्देशक फिरोज खड्का, वितरक गोविन्द शाही र मनोज राठी, प्रोडक्सन डिजाईनर आशिका शर्मा, भेष-भुषा सुजन परियार रहेका छन् । कार्यकारी निर्माता सुरज बम ठकुरी हुन् भने रौनक बिक्रम कडेल निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu