
काठमाडौँ।
असार १५ गते रिलिज हुने नेपाली चलचित्र ‘परस्त्री’को फर्स्टलुक पोस्टर रिलिज गरिएको छ । चारवटा पोस्टर एकसाथ सार्वजनिक भएको यस चलचित्रमा कोशिस क्षेत्री, शिल्पा मास्के र गौरव बिष्ट प्रमुख कलाकार छन् । साथै, अलिसा क्षेत्री, आशान्त शर्माको पनि अभिनय रहेको छ ।
विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथाबस्तुमा निर्माण भएको यो चलचित्र काठमाडौं र मुस्ताङमा छायांकन गरिएको हो ।
डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल यसका लेखकसमेत हुन् । यो चलचित्र ‘लभ लभ लभ’ फेम्ड अभिनेता सुरज पाण्डेले निर्देशन गरेका हुन् । उनले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्दैछन् ।
नेपालीसँगै हिन्दीमा पनि रिलिज हुने यसको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ ।


