
काठमाडौँ।
नेपाली चलचित्र ‘ह्यासट्याग माया’ (#माया) को मुहूर्त गरिएको छ। राजीव गुरुङको निर्देशनमा बन्ने यो चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहने छ। शुक्रबार विहान बुङ्मतीस्थित कार्यविनायक मन्दिरमा सम्पूर्ण कलाकारको उपस्थितिमा मुहूर्त गरिएको हो।
यसको छायांकन आगामी सातादेखि हुनेछ। थ्रिलर विधामा निर्माण हुने चलचित्रमा प्रेमकथा पनि देख्न पाइने बताइएको छ। शर्मिला थापाको निर्माण रहने चलचित्रको कथा मायामै केन्द्रीत रहनेछ। अभिनेत्री श्रेष्ठ यसमा शिर्ष भूमिकामा छिन्। उनले एरियल योगा इन्स्टक्टरको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन्।
निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहनेछ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेकाछन्।