नेपालको इतिहासकै दोश्रो ठूलो हत्याकाण्डमा रिमेशले ‘कोत पर्व’ बनाउने



ऐतिहासिक विषयमा चलचित्र ‘नालापानी’ बनाएका निर्देशक तथा निर्माता रिमेश अधिकारीले अब नेपालको इतिहासमा दोश्रो ठूलो हत्याकाण्ड मानिने कोत पर्वमा आधारित रहेर चलचित्र बनाउने भएका छन् । चलचित्रको नाम ‘कोत पर्व’ नै राखिएको छ । आउँदो माघ २१ गतेबाट छायांकन सुरु हुने चलचित्रको स्क्रिप्ट लेखनको काम सकिएर अहिले इतिहास विद्हरुसँग छलफल भैरहेको रिमेशले बताए ।

उनले चलचित्रमा पुराना कहलिएका कलाकारहरुसँगै पछिल्ला छिमलका चलेका कलाकारहरुको पनि अभिनय रहने जानकारी दिए । तर, अहिलेसम्म चलचित्रका लागि कुनै कलाकार छनोट भएका छैनन् । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने चलचित्रमा केही स्वदेशी तथा विदेशी कम्पनीहरुले पनि निर्माणमा सहकार्य गर्ने बताइएको छ । महेश दवाडीले चलचित्रको कथा लेखेका हुन् ।

निर्देशक तथा निर्माता रिमेश अधिकारी

नेपालीसँगै हिन्दी र चाइनिज भाषामा पनि खिचिने चलचित्रलाई एकसाथ विश्वव्यापी रिलिज गरिने निर्देशक अधिकारीले जानकारी दिए । चलचित्रमा विदेशी कलाकारलाई पनि अभिनय गराउने योजना उनको छ । चलचित्रको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम मुम्बईको स्टुडियोमा गरिने उनले बताए । ‘नालापानी’मा भएको कमी-कमजोरीलाई सुधार गर्दै यसपटक उत्कृष्ट चलचित्र बनाउने उनको दाबी छ ।

रानीको विश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरूबीच विवाद हुँदा मच्चिएको हत्याकाण्डलाई ‘कोत पर्व’ भनिन्छ । यो हत्याकाण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो । यो घटनामा ११ चौतारिया, ६ पाण्डे, ३ थापा र ११ क्षेत्रीय भारादारको हत्या भएको थियो । जङ्गबहादुर राणा प्रधानमन्त्री बन्नु यसैको नतिजा थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu