निर्माता किरणले चलचित्र निर्देशन गर्ने, ‘सोली डोली’ घोषणा



काठमाडौँ।
नेपाली चलचित्रका निर्माता किरण नेपालीले निर्देशनमा हात अघि बढाएका छन्। रेड बर्ड प्रोडक्शनको प्रस्तुतिमा ‘सोली डोली’ नामक चलचित्र उनले निर्देशन गर्ने भएका हुन्।

यो चलचित्र मल्टीस्टारर हुनेछ, जसमा ४ नायक र ३ नायिका रहने निर्माणपक्षले बताएको छ। कलाकारको नाम केही दिनमा नै सार्वजनिक गर्ने तयारी निर्देशक नेपालीको छ। चलचित्र पूर्ण रुपमा कमेडी कथामा निर्माण गर्न लागिएको किरणले बताए।

उनले भने–‘पोई पर्यो काले र २ नम्बरी निर्माण गरिसकेपछि मैले निर्देशनमा हात हाल्न लागेको हुँ। दर्शकले पूर्ण रुपमा कमेडी कथामा चलचित्र हेर्न पाउनुहुनेछ। छायांकन असोजबाट सुरु हुनेछ ।’

यसमा अमलादेवी राई, प्रदीप भारद्धाज, हिमालय शर्मा र सुरज आचार्यको लगानी रहनेछ। सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्धाजको कथा छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu