बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’को ट्रेलर रिलिज



बाहुबली अभिनेता प्रभासको बहुप्रतिक्षित चलचित्र ‘आदिपुरुष’को ट्रेलर सार्वजनिक भएको छ । ‘राम राम राम…’को ध्वनीसँगै चलचित्र प्रेमीहरूले उत्सुकतापूर्वक पर्खिरहेका क्षण आइपुगेको छ । यसमा उनी भगवान रामको भूमिकामा देखिएका छन् । सीताको भूमिकामा कृति सेनन छन् । यसअघि यसको पोष्टर र टिजरको निकै चर्चा चलिरहेको थियो । ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ । यो चलचित्र १६ जुनमा विश्वव्यापी रिलिज हुनेछ ।

रामकथामा आधारित निर्देशक ओम राउतको ठूलो बजेटको यो चलचित्रमा प्रभास–राम, कृति सेनन–सीता, सन्नी सिंह–लक्ष्मण र सैफ अली खान–रावणको भूमिकामा रहेका छन् । चलचित्रमा वत्सल सेठ पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् । हनुमानको भूमिकामा देवदत्त नागे छन् ।

ट्रेलर हेरेपछि फ्यानहरुले जय श्री रामको नारा लगाएका छन् । प्रभासका फ्यानहरूले यस चलचित्रलाई सुपर डुपर हिट घोषणा गरिसकेका छन् । उनका फ्यानले यो चलचित्र भारतको सबैभन्दा हिट चलचित्र बनेको हेर्न चाहेका छन् । फ्यानले प्रभासलाई ‘मेगास्टार’ भनेका छन् । सामाजिक सञ्जालहरुमा प्रभासको अभिनयको व्यापक चर्चा भएको छ । ट्रेलरमा राम-रावण युद्धका केही दृश्यहरू देखाइएका छन् । टिजर रिलिजपछि सैफको रावणको भूमिकालाई लिएर हंगामा मच्चिएको थियो । त्यसैले ट्रेलरमा उनको लुकलाई निर्माताले गोप्य राख्न खोजेका छन् ।

‘आदिपुरुष’ पान इन्डिया चलचित्र हो । यो हिन्दी बाहेक अन्य धेरै भाषामा रिलिज हुनेछ । नेपालमा पनि यो चलचित्र रिलिजको तयारी भएको छ ।

हेर्नुहोस् ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu