‘डाकिनी’ जेठ ५ देखि नेपाली हलमा रिलिज हुने, रिम्पोछे काठमाडौं आउँदै



काठमाडौँ।
बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउने चलचित्र ‘डाकिनी’ नेपालमा रिलिज हुने भएको छ । अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’ नाम दिइएको यो चलचित्रको नेपाली नाम ‘डाकिनी’ हो ।

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो चलचित्र पनि यस्तै देवीको खोजीको कथा हो जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ । संसारका प्रख्यात फेस्टिभलको चक्र पुरा गरेपछि षट्कोण आर्टसले यो चलचित्र जेठ ५ गते नेपाली हलमा रिलिज गर्न लागेको हो । यो चलचित्र नेपालका केहि मल्टिप्लेक्स हलहरुमा मात्र रिलिज गर्न लागिएको हो ।

रिलिजकै दिनमा पहिलो शोसहित चलचित्रको ग्राण्ड प्रिमियर आयोजना हुँदैछ जसको आकर्षण बन्नेछन् यस चलचित्रका निर्देशक समेत रहेका खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे) । उनी बौद्ध धर्मका ठूला गुरु समेत हुन् । गुरु रिम्पोछेको यो पाँचौ चलचित्र समेत हो ।

रिलिजको पूर्वसन्ध्यामा रिम्पोछे अमेरिकादेखि नेपाल आउँदैछन् । उनको काठमाडौं आगमनकै छेको पारेर षट्कोण आर्ट्सले चलचित्रलाई रिलिज गर्न लागेको षट्कोण आर्टसका म्याक्स दिपेश खत्रीले बताए ।

जेठ ६ गते शनिबार मूभी लभर्स ग्रुपले पनि यसको विशेष प्रदर्शन गर्दैछ । रिम्पोछेले सुन्धारास्थित ‘सिने दि सेफ’ चलचित्र हलमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि संचालन गर्दैछन्। आइतबार बौद्धस्थित लिच्छवी हाउसमा ‘बुद्ध र भिखारी’ नाटक समेत मञ्चन हुनेछ ।

चलचित्रको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । दुबैले अभिनय गरेको यो पहिलो चलचित्र हो । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

*रिम्पोछेले सुन्धारास्थित ‘सिने दि सेफ’ चलचित्र हलमा ‘ब्यूटी इज अ ट्रयाप’ (सुन्दरता एउटा जाल हो) विषयमा मास्टरक्लास पनि संचालन गर्दैछन् ” हुनुपर्नेमा ‘पर्यटन बोर्ड’ भएकोमा सच्याईएको ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu