समिक्षाले गाईन् ‘भावबिह्वल’ गीत



काठमाडौँ।
गायिका समिक्षा अधिकारीले ‘प्रेम पीडामा भावबिह्वल’ भाव झल्काउने गीत गाएकी छन् । मंगलबार रिलिज भएको यस गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।

‘लैजा सन्देश’ बोलको गीतको भिडियोमा गायिका अधिकारी आँफै देखिएकी छन् । स्टुडियोमा नै छायांकन गरी भिडियो तयार गरिएको छ । गीतमा ‘धन सम्पती भन्दा माया ठुलो, छोडिजानेको याद आउने गरेको र सुनाउन पर्ने पीडाको खात मुटु भरी भएको’ भावहरु प्रकट गरिएको छ ।

भिडियोलाई नबराज उप्रेतीले छायांकन गरेका छन् भने शिलन लम्सालले सम्पादन गरेका छन् ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu