‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीतमा प्रमिलाको पीडा



काठमाडौँ।
जेठ १२ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’को गीत सार्वजनिक भएको छ। ‘जाउ नआउ’ शिर्षकको यस गीतमा युशिन राईको स्वर तथा शब्द र प्रयत्न श्रेष्ठको संगीत रहेको छ। गीतको भिडियोमा चलचित्रमा रहेका केही संवादसहितका दृश्यहरु राखिएको छ।

गीतमा प्रमुख अभिनेत्री प्रमिला खनालले निर्वाह गरेको पात्रको पीडा दर्शाइएको छ। शम्भु थापाको निर्देशन रहेको यस चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिसा गुरुङ, निश्चल विमल, एलिशा विक लगायतको अभिनय रहेको छ।

सन्तोषकुमार आत्रेयको कथा रहेको चलचित्रमा सन्तोष र भगवान पौडेलको पटकथा छ। रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता हुन्। यसमा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माताको रुपमा रहेका छन्।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu