काठमाडौँ।
शुक्रबार नेपाली चलचित्र ‘टुल्की’को ट्रेलर रिलिज भयो। बहुपति प्रथामा आधारित भनिएको सो चलचित्रको ट्रेलरमा दाजुभाईका बीच एक भाईले चलिआएको परम्परा तोड्दै विद्रोह गरेका छन्। टुल्की नाम गरेकी युवतीसँग प्रेम भएपछि एक भाईले भगाएर घर लैजान्छ। उसको घरको परम्परामा कोहि एक भाईले बिहे गरेता पनि श्रीमती भने साझा हुने चलन छ। आफुले प्रेम गरेर विहे गरेकी श्रीमतीलाई उसले साझा श्रीमती बनाउन चाहँदैन। फलस्वरूप उसले विद्रोह गर्छ।
यो कथा ट्रेलरमा छ। उसको विद्रोहले कुन रुप लिन्छ त्यो हेर्न भने यो चलचित्रको रिलिज मिति जेठ १२ सम्म नै पर्खिनुपर्ने हुन्छ। द पाल्म गुप्र प्रालिको ब्यानरमा शेखर लामाले बनाएको यो चलचित्रका निर्देशक देव थापा हुन्। ‘टुल्की’लाई हिमाली जिल्ला डोल्पामा छायाङ्कन गरिएको हो।
चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ।
ट्रेलर हेर्नुहोस्: