प्रभासको इतिहास तोड्न आएको ‘छत्रपति’, पहिलो दिनदेखि नै बर्बादीतर्फ



‘पान इन्डिया’ स्टार प्रभासको करियरमा ‘छत्रपति’ (सन् २००५) निकै हिट थियो। एसएस राजामौलीको निर्देशनमा बनेको यो चलचित्रले प्रभासको एक्शन स्टारको छविलाई पुष्टि गर्‍यो। ‘छत्रपति’ बक्स अफिसमा यति ठूलो हिट भयो कि धेरै ठाउँमा यसको शो लगातार १०० दिनसम्म चल्यो। यो पनि साउथको एउटा चलचित्र थियो जसलाई पुरै संसारमा हिन्दीमा डब गरेर हेरिएको थियो। यो चलचित्रको हिन्दी शीर्षक ‘हुकुमत की जंग’ थियो।

अहिले यो चलचित्रको आधिकारिक हिन्दी रिमेक हलमा रिलिज भएको छ। यो शुक्रबार विश्वव्यापी सिनेमाघरहरुमा हिन्दीमा रिलिज भएको ‘छत्रपति’मा प्रभासको स्थानमा तेलुगु चलचित्र उद्योगका युवा स्टार बेल्लमकोन्डा श्रीनिवास छन्। नायिका नुसरत भरुचा छन्। निर्माताहरूले ‘छत्रपति’लाई उत्कृष्ट एक्सन इन्टरटेनरका रूपमा प्रचार गरेका थिए, तर चलचित्रको पहिलो दिनको बक्स अफिस कलेक्सन हेर्दा यसको बर्बादी थाहा हुन्छ।

‘छत्रपति’ले पहिलो दिन बक्स अफिसमा करिब ४५ लाख मात्र कलेक्सन गरेको रिपोर्टले जनाएको छ। फिल्मको बजेट करिब २५ करोड भारु रहेको बताइएको छ। यस्तो अवस्थामा पहिलो दिन ५० लाखभन्दा कमको ओपनिङले ‘छत्रपति’का लागि आगामी दिन राम्रो नहुने बताइरहेको छ।

‘छत्रपति’ निर्माण गर्ने कम्पनीले यसअघि हिन्दीमा ‘आरआरआर’, ‘विक्रम’ र ‘पोनियिन सेल्भान १’ जस्ता साउथका ठूला फिल्म रिलिज गरिसकेको छ। यी फिल्महरूले कम्पनीलाई ठूलो सफलता दिलाएका थिए। सायद यही सफलताबाट ‘छत्रपति’को हिन्दी रिमेक बनाउने आइडिया आएको हो तर पहिलो दिनको कमाइले यो आइडिया सफल नहुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu