नेफ्टा अवार्डको मनोनयनमा ‘छक्का पञ्जा ४’ र ‘कबड्डी ४’को वर्चश्व (सूची सहित)



काठमाडौँ।
नेफ्टा फिल्म अवार्डको ११ औं सँस्करणको उत्कृष्ट पाँच मनोनयन घोषणा गरिएको छ । आइतबार आयोजित एक समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितीमा २५ विधामा मनोनितलाई प्रमाणपत्र वितरण गरिएको हो ।

मनोनयनमा ‘छक्का पञ्जा ४’, ‘कबड्डी ४’, ‘ऐना झ्यालको पुतली’ र ‘फूलबारी’को वर्चश्व देखिएको छ । ‘छक्का पञ्जा ४’ उत्कृष्ट फिल्मसहितका १५ विधामा मनोनित हुँदा ‘कबड्डी ४’ र ‘ऐना झ्यालको पुतली’ समान ११/११ विधामा छानिएका छन् भने ‘फूलबारी’ ९ विधामा मनोनयनमा परेको छ ।

सर्वश्रेष्ठ फिल्मको लागि ‘कबड्डी ४’, ‘छक्का पञ्जा ४’, ‘ऐना झ्यालको पुतली’, ‘द सेक्रेट्स अफ राधा’ र ‘चिसो मान्छे’ मनोनयनमा छन् भने सर्वश्रेष्ठ निर्देशकको लागि रामबाबु गुरुङ (कबड्डी ४), हेमराज बीसी (छक्का पञ्जा ४), सुवर्ण थापा (द सेक्रेट्स अफ राधा), दीपेन्द्र के खनाल (चिसो मान्छे) र ज्ञानेन्द्र देउजा (झिंगेदाउ) मनोनयनमा परे ।

सर्वश्रेष्ठ अभिनेताको लागि बिपिन कार्की (फूलबारी), दयाहाङ राई (कबड्डी ४), दीपकराज गिरी (छक्का पञ्जा ४), अनमोल केसी (ए मेरो हजुर ४) र प्रदीप खड्का (प्रकाश) मनोनयनमा रहेका छन् भने सर्वश्रेष्ठ अभिनेत्रीको लागि अरुणा कार्की (फूलबारी), स्वस्तिमा खड्का (चिसो मान्छे), मेनुका प्रधान (पानी फोटो), सृष्टि श्रेष्ठ (द सेक्रेट्स अफ राधा) र मिरुना मगर (कबड्डी ४) रहेका छन् ।

समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले गणतन्त्रपछि नेपाली फिल्मले देश तथा विदेशमा फैलने अवसर पाएको बताउँदै धर्मनिरपेक्षा, संघीयता र समावेशिताजस्ता संवैधानिक व्यवस्थाको प्रवर्द्धनमा पनि फिल्मले उल्लेखनीय योगदान दिएको चर्चा गरे । उनले नेपाली फिल्मको बजार र दृश्यभाषाको गुणस्तरमा विकास भएको बताउँदै नेपाली फिल्मलाई अझै अन्तर्राष्ट्रियकरण गर्न नेफ्टाजस्ता अवार्डको भूमिका महत्वपूर्ण हुने बताए । नेपाललाई अन्तर्राष्ट्रिय छायांकन गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्ने खाँचो औंल्याउँदै उनले यसका लागि सबैको सामूहिक प्रयत्न जरुरी हुने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, वरिष्ठ फिल्मकर्मीहरु नीर शाह, मदनकृष्ण श्रेष्ठ, बसुन्धरा भुषालसहित फिल्म र संगीतकर्मी समारोहमा उपस्थित थिए । चलचित्र प्राविधिक संघका अध्यक्ष प्रेम भोम्जन (पुष्कर लामा)ले नेपाली फिल्मलाई विदेशी बजार र डायस्पोरामा फैलाउने मुख्य उद्देश्यले अवार्ड गर्न लागिएको बताए ।

अघिल्ला पाँच संस्करण विदेशी भूमिमा गरेको नेफ्टाले यो संस्करण चाहिँ आगामी साउन ६ गते अमेरिकाको टेक्सासमा गर्दैछ । फेम नेपाल, युएस खबर, आर्यन फिल्म्सले अमेरिकी संस्करणको अवार्ड गर्न लागेका हुन् ।

यस्तो छ पूर्ण मनोनयन सूची:

  • सर्वश्रेष्ठ फिल्म
    कबड्डी ४
    छक्कापञ्जा ४
    ऐना झ्यालको पुतली
    द सेक्रेट्स अफ राधा
    चिसो मान्छे
  • सर्वश्रेष्ठ निर्देशक
    रामबाबु गुरुङ –कबड्डी ४
    हेमराज बीसी –छक्कापञ्जा ४
    सुवर्ण थापा –द सेक्रेट्स अफ राधा
    दीपेन्द्र के खनाल –चिसो मान्छे
    ज्ञानेन्द्र देउजा –झिंगेदाउ
  • सर्वश्रेष्ठ अभिनेता
    बिपिन कार्की –फूलबारी
    दयाहाङ राई –कबड्डी ४
    दीपकराज गिरी –छक्कापञ्जा ४
    अनमोल केसी –ए मेरो हजुर ४
    प्रदीप खड्का –प्रकाश
  • सर्वश्रेष्ठ अभिनेत्री
    अरुणा कार्की –फूलबारी
    स्वस्तिमा खड्का –चिसो मान्छे
    मेनुका प्रधान –पानीफोटो
    सृष्टि श्रेष्ठ –द सेक्रेट्स अफ राधा
    मिरुना मगर –कबड्डी ४
  • सर्वश्रेष्ठ सहायक अभिनेता
    रवि गिरी –ए मेरो हजुर ४
    खगेन्द्र लामिछाने –द सेक्रेट्स अफ राधा
    केदार घिमिरे –छक्का पञ्जा ४
    सौगात मल्ल –कबडडी ४
    दयाहाङ राई –फूलबारी
  • सर्वश्रेष्ठ सहायक अभिनेत्री
    दीया मास्के –प्रकाश
    हिउँवाला गौतम –झिंगेदाउ
    सिरु विष्ट –ऐना झ्यालको पुतली
    लक्ष्मी वर्देवा –प्रेमगीत ३
    दीपाश्री निरौला –छक्कापञ्जा ४
  • सर्वश्रेष्ठ डेब्यु अभिनेता
    सुशिल खड्का –नालापानी
    कुशल विष्ट –झिंगेदाउ
    निशान चौहान –डेसान
    दिनेश खत्री –ऐना झ्यालको पुतली
    राइडर प्रसन –प्रेमगञ्ज
  • सर्वश्रेष्ठ डेब्यू अभिनेत्री
    कृष्टिना गुरुङ –प्रेमगीत ३
    कन्चन चिमरिया –ऐना झ्यालको पुतली
    रक्षा बुढाथोकी –लाखे
    सुप्रिया खनाल –प्रेमगन्ज
    गौमाया गुरुङ –कबड्डी ४
  • सर्वश्रेष्ठ रङ संयोजन
    रजन राना –द सेक्रेट्स अफ राधा
    राजेन्द्र मोक्तान –ऐना झ्यालको पुतली
    राजेन्द्र मोक्तान –ए मेरो हजुर ४
    कपिल पराजुली –छक्का पन्जा ४
    अर्जुन कार्की –कबड्डी ४
  • सर्वश्रेष्ठ छायांकार
    नरेन्द्र मैनाली –छक्का पन्जा ४
    सञ्जय लामा –ए मेरो हजुर ४
    अमर महर्जन –ऐना झ्यालको पुतली
    राजेश श्रेष्ठ –प्रकाश
    नरेन्द्र मैनाली –द सेक्रेट्स अफ राधा
  • सर्वश्रेष्ठ सम्पादन
    विपिन मल्ल –नालापानी
    किरण श्रेष्ठ –ऐना झ्यालको पुतली
    निमेष श्रेष्ठ –द सेक्रेट्स अफ राधा
    निमेष श्रेष्ठ –छक्का पन्जा ४
    निमेष श्रेष्ठ –कबड्डी ४
  • सर्वश्रेष्ठ पटकथा
    सुजित बिडारी –ऐना झ्यालको पुतली
    सुवर्ण थापा –द सेक्रेट्स अफ राधा
    रिमेश अधिकारी/कृष्ण आचार्य –नालापानी
    रामबाबु गुरुङ/उपेन्द्र सुब्बा –कबड्डी ४
    उपेन्द्र सुब्बा –फूलबारी
  • सर्वश्रेष्ठ पार्श्र्व ध्वनि
    शैलेश श्रेष्ठ –ए मेरो हजुर ४
    संगम पन्त –ऐना झ्यालको पुतली
    सुजिल कर्माचार्य –छक्का पन्जा ४
    रोहित शाक्य/शैलेश श्रेष्ठ –छक्का पन्जा ४
    रोहित शाक्य/शैलेश श्रेष्ठ –फूलबारी
  • सर्वश्रेष्ठ ध्वनि मिश्रण
    उत्तम न्यौपाने –फूलबारी
    सुनयमान श्रेष्ठ –छक्का पन्जा ४
    अमित श्रेष्ठ –ए मेरो हजुर ४
    उत्तम न्यौपाने –लाखे
    अमित श्रेष्ठ –मन्त्र
  • सर्वश्रेष्ठ द्वन्द्व निर्देशक
    रोशन श्रेष्ठ –नालापानी
    रोशन श्रेष्ठ –झिँगेदाऊ
    हिमाल केसी –प्रेमगीत ३
    सम्राट बस्नेत –लाखे
    एनबी महर्जन/कुमार महर्जन –सोल अफ द कमाण्डो
  • सर्वश्रेष्ठ कला निर्देशक
    आशिका शर्मा –प्रकाश
    काला संग्रौला –ऐना झ्यालको पुतली
    विनोद कडायत –प्रेमगीत ३
    कृष्ण राई/उद्धवराज भट्टराई –नालापानी
    पासाङ टी शर्मा –मन्त्र
  • सर्वश्रेष्ठ भेषभुषा
    सुजनरत्न परियार –द सेक्रेट्स अफ राधा
    बिनिता कडायत –चिसो मान्छे
    जानकी कडायत –ऐना झ्यालको पुतली
    कमलप्रसाद मिश्र –नालापानी
    सुनिता श्रेष्ठ –छक्का पन्जा ४
  • सर्वश्रेष्ठ श्रृंगार र हेयर
    शमशेर लामा/झरना राई –द सेक्रेट अफ राधा
    शमशेर लामा –चिसो मान्छे
    रवि केसी/निशा लामा –नालापानी
    मनोज तामाङ/काव्या थापा –ए मेरो हजुर ४
    श्रद्धा मास्के/सरस्वती श्रेष्ठ –छक्का पन्जा ४
  • सर्वश्रेष्ठ नव–निर्देशक
    सुजित बिडारी –ऐना झ्यालको पुतली’
    खगेन्द्र लामिछाने –पानी फोटो
    शिवहरि पौडेल –लक्का जवान
    परिच्छेद सेन –प्रेमगन्ज
    रिमेश अधिकारी –नालापानी
  • सर्वश्रेष्ठ भीएफएक्स
    अच्युत गजुरेल –नालापानी
    गड रेज पिक्चर्स –प्रेमगीत ३
    द पिक स्टुडियो –झिँगेदाउ
    समिर मिया –प्रेमगन्ज
    सत्यम राना/अच्यूत बजगाईं –ए मेरो हजुर ४
  • सर्वश्रेष्ठ गीतकार
    आमाको मन – प्रमोद ढुंगाना (झिँगेदाउ)
    फेरी भेट होला नहोला– कृष्णहरि बराल (प्रेमगन्ज)
    आज युद्ध शिरमा छ – सुजिल कर्माचार्य (नालापानी)
    सिरुपाते जुँगामा – शंकर अधिकारी घायल (छक्का पन्जा ४)
    उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)
  • सर्वश्रेष्ठ संगीतकार
    उड उड चरी उड – कालिप्रसाद बासकोटा÷अनुपम शर्मा (फूलबारी)
    आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)
    सिरुपाते जुंगामा – बबुल गिरी (छक्का पन्जा ४)
    फेरि भेट होेला नहोला – गैरे सुरेश (प्रेमगन्ज)
    कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलीला)
  • सर्वश्रेष्ठ गायन पुरुष
    उड उड चरी उड – कालीप्रसाद बासकोटा (फूलबारी)
    आँखामा सपना केसरी – एसडी योगी (कबड्डी ४)
    सिरुपाते जुँगामा– बाबुल गिरी (छक्का पन्जा ४)
    बाबरी रंगमा रंगिएर – अनमोल गुरुङ (बाबरी)
    कुनै दिन यस्तो – अर्जुन पोखरेल (कृष्णलिला)
  • गायन महिला
    कुनै दिन यस्तो – अन्जु पन्त (कृष्ण लिला)
    फेरी भेट होला नहोला – स्वस्तिका ठकुरी (प्रेमगन्ज)
    बाबरी रंगमा रंगिएर – अस्मिता अधिकारी (बाबरी)
    मीठो मीठो मन भित्र – देबान्जली बी जोशी (ह्यारी की प्यारी)
    हर युग होस – प्रविशा अधिकारी (प्रेमगीत ३)
  • सर्वश्रेष्ठ नृत्य निर्देशक
    घिन घिन ताङ – कविराज गहतराज (छक्का पन्जा ४)
    माया जदौ –कविराज गहतराज (हिजो आजका कुरा)
    मन त सँधै लक्का जवान –कविराज गहतराज (लक्का जवान)
    आगो बिना बिँडी जल्दैन –रामजी लामिछाने (झिंगेदाउ)
    हात्ती ढुंगामा –कविराज गहतराज (प्रेमगीत ३)

तस्वीर सौजन्य: उद्धव रसाइली

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu