आगामी शनिवार अनुप्रस्थले च्यारिटी कन्सर्ट गर्ने



काठमाडौँ।
गरिब तथा विपन्नको उपचारमा सहयोग पुर्‍याउने लक्ष्यका साथ चर्चित नेपाली ब्याण्ड अनुप्रस्थले आउँदो जेठ ६ गते शनिवार च्यारिटी कन्सर्ट गर्ने भएको छ । उक्त कन्सर्टको नाम‘म्युजिक टु हिल एन्ड हेल्प’ दिईएको छ ।

अनुप्रस्थ फाउन्डेसनले दिएको जानकारी अनुसार ‘पैसा बिना कोही मर्नु हुँदैन भन्ने नारा सहित´ ‘काल्म’ टङगालवुड, नक्सालमा यो च्यारिटी कन्सर्ट आयोजना हुन लागेको हो । यो फाउन्डेसन भोकलिस्ट निरन शाहीले स्थापना गरेका हुन् ।

च्यारिटी कन्सर्टमा मुक्ति एन्ड द रिभाइभल, कबवेब, सविन राई एन्ड द फारोह, द एस्क ब्यान्ड, अनुप्रस्थ, द एलिमेन्टस् , इन्दिरा जोशी एन्ड ब्यान्ड, महेश दोङग्, स्वप्निल शर्मा, मेलिना राई, क्याप्टेन विजय लामा, परिवर्तन ब्याण्ड र पहेँलो बत्ती मुनिको सहभागिता रहने छ । यस कार्यक्रममा सम्पूर्ण कलाकारदेखि आयोजकले बिना शुल्क क्यान्सर पिडितका उपचारका लागि सहयोग गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu