
काठमाडौँ।
एक समयमा चर्चित नेपाली अभिनेता दीलिप रायमाझीको परिवार संयुक्त राज्य अमेरिकामा बसोबास गर्न थालेको लामो समय भईसकेको छ । दीलिपले विभिन्न रियालिटी शोहरुमा निर्णायक तथा म्यूजिक भिडियोहरुमा अभिनय गरी आफु बेला बेला नेपालमा आईरहेको जनाउ दिईरहन्छन् । अब भने रायमाझी परिवारबाट दोश्रो पुस्ताले नेपाली चलचित्रमा प्रवेश गर्ने भएको छ ।
दीलिपकी छोरी दिव्याले नेपाली चलचित्रमा अभिनय गर्ने भएकी छन् । उनले सुरेन्द्र पौडेलले निर्देशन गर्ने चलचित्र ‘वरिष्ठ बलराम’बाट डेब्यू गर्दैछिन् । यो चलचित्रलाई रोहित अधिकारीले बनाउँदैछन् । यो चलचित्रमा दिव्याले अभिनेता खगेन्द्र लामिछानेसँग काम गर्ने बताईएको छ । यसको पटकथाकार समेत खगेन्द्र नै हुन् ।

मिडिया रिपोर्टका अनुसार १० लाख रुपैयाँ पारिश्रमिक दिनेगरी यो चलचित्रमा अभिनय गराईँदैछ । उनले अमेरिकामा ‘इन्फो टिच प्रोजेक्ट म्यानेजमेन्ट’मा मास्टर्स पूरा गरेकी छन् भने आइटी क्षेत्रमा काम गरिरहेकी छिन् ।


