मनोनयनमा नपरेकी श्रद्धाले लेखिन्, ‘पुरस्कारहरू किन्न सकिन्छ, पुरस्कारहरू कमाउन आवश्यक छ’



काठमाडौँ।
प्रसंग यहि आइतबारको हो । काठमाडौँको एक पाँचतारे होटलमा नेफ्टा फिल्म अवार्डको ११ औं सँस्करणको उत्कृष्ट पाँच मनोनयन घोषणासँगै प्रमाणपत्र वितरण गरिएको थियो । उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई प्रमुख अतिथि बनाई कार्यक्रमको आयोजना भएको थियो ।

मनोनयममा परेको नभनी कलाकारहरु तथा अन्य चलचित्रकर्मीहरुलाई बोलाएपछि धेरैजसो प्रमाणपत्र लिन पुगेनन् । सायद, आफु मनोनयनमा परेको थाहा पाएको भए उपस्थिति राम्रै हुने थियो । सिधा अर्थमा जसले पाए उनिहरु गएनन् जसले पाएनन् उनिहरु गए । यसको एक उदाहरण नायिका श्रद्धा क्षेत्री हुन् ।

आकर्षक आउटफिटमा उनि कार्यक्रमस्थलमा पुगेकी थिइन् तर, उनि मनोनयन सूचीमा थिइनन् । उनले उत्कृष्ट नव-अभिनेत्रीको पालो नआउन्जेल पर्खिन् । पालो आयो, उनको नाम आएन । त्यसपछि उनि त्यहाँबाट निस्किन् । आफ्नो गसिप चलिरहेका अभिनेता राज कटुवालसँगै थिइन् श्रद्धा । श्रद्धा निस्केपछि पनि राज भने बसिरहे ।

राज कटुवाल र श्रद्धा कार्यक्रममा

कार्यक्रम दिउसो राखिएको थियो र दिउसो नै सकिएको थियो । सोहि दिन राती ९ बजेर १३ मिनेट जाँदा उनले फेसबुकमा एक स्टाटस पोस्ट गरिन् । लेखिएको थियो, ‘Awards can be bought, rewards need to be earned’ अर्थात् ‘पुरस्कारहरू किन्न सकिन्छ, पुरस्कारहरू कमाउन आवश्यक छ’ । यति लेखेर ९ बजेर २४ मिनेटमा उनले सोहि कार्यक्रममा खिचिएको फोटो फेसबुकको प्रोफाईलमा परिवर्तन गरिन् ।

उनले गत बर्ष चलचित्र ‘कृष्ण लीला’बाट चलचित्रमा डेब्यू गरेकी थिइन् । उनलाई कार्यक्रममा बोलाईएपछि उनले कि त आफु उत्कृष्ट अभिनेत्रीको मनोनयनमा छु, नभए नव-अभिनेत्रीमा त पक्कै छु भन्ने लागेको हुनुपर्छ । उनले यि दुवै मनोनयनमा आफुलाई नपाएपछि निस्केकी थिइन् । उनले निकै सोचेर हुनुपर्छ या यसअघि भोगेर हुनुपर्छ, ‘पुरस्कारहरू किन्न सकिन्छ, पुरस्कारहरू कमाउन आवश्यक छ’ लेखिदिईन् ।

सर्वश्रेष्ठ अभिनेत्रीको लागि अरुणा कार्की (फूलबारी), स्वस्तिमा खड्का (चिसो मान्छे), मेनुका प्रधान (पानी फोटो), सृष्टि श्रेष्ठ (द सेक्रेट्स अफ राधा) र मिरुना मगर (कबड्डी ४) रहेका छन् भने सर्वश्रेष्ठ नव-अभिनेत्रीको लागि कृष्टिना गुरुङ (प्रेमगीत ३), कन्चन चिमरिया (ऐना झ्यालको पुतली), रक्षा बुढाथोकी (लाखे), सुप्रिया खनाल (प्रेमगन्ज) र गौमाया गुरुङ (कबड्डी ४) रहेका छन् ।

श्रद्धाले डेब्यू गरेको चलचित्र ‘कृष्ण लीला’बाट सर्वश्रेष्ठ संगीतकार (अर्जुन पोखरेल), सर्वश्रेष्ठ गायन पुरुष (अर्जुन पोखरेल) र गायन महिला (अन्जु पन्त) मनोनयनमा परेका छन् ।

श्रद्धाले लेखेको स्टाटसको स्क्रिनसट

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu