
काठमाडौँ।
अन्तत: नवल खड्काको चलचित्र ‘काँडेतार’को सेन्सर पास भएको छ। सेन्सर बोर्डले केहि दृश्य तथा संवादमा आपत्ती जनाउँदै हटाउन निर्देश गरेपछि निर्माता, निर्देशक तथा अभिनेता खड्का आक्रोशित भई पत्रकार सम्मेलन आयोजना गर्ने देखि सडक संघर्ष समेत गरेका थिए। उनले यो बिषयमा अदालतसम्म जाने बताएका थिए।
बिहिबार खड्काले दिएको जानकारी अनुसार चलचित्र सेन्सर पास भएको छ। उनले के-कसरी पास भयो खुलाएका छैनन् तर सेन्सर बोर्ड श्रोतका अनुसार केहि दृश्यहरु परिमार्जन गरेपछि प्रमाणपत्र प्रदान गरिएको हो। चलचित्रमा गृह मन्त्रालयको बोर्ड देखाइएको र भुटान देशको आन्तरिक मामिलामा आँच पुग्ने संवाद समावेश गरिएको भन्दै सेन्सर रोकिएको थियो। ति दृश्य र संवाद परिमार्जन भएका छन्।
खड्काले आफ्नो चलचित्र जस्ताको त्यस्तै हलमा रिलिज गर्न आफुले कुनै कसर बाँकी नराख्ने बताएक थिए। उनलाई चलचित्र प्रचारको लागि मात्र बखेडा शृजना गरेको आरोप समेत लागेको थियो।


