खिन्से नोर्बु निर्देशित चलचित्र ‘डाकिनी’को रिलिज सुरु, साथमा ‘ए साथी सुन’



काठमाडौँ।
यो साता दुई नेपाली चलचित्र रिलिज भएका छन् । प्रदर्शनमा आएको ‘डाकिनी’ले ‘लिमिटेड रिलिज’ भन्दै काठमाडौँका केहि हलमा मात्र रिलिज गरिएको छ भने ‘ए साथी सुन’ले सिमित हलमात्र पाएको छ ।

अंग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एण्ड मुस्टाच’सहित फेस्टिभल सर्टिकमा संसार घुमेको ‘डाकिनी’ व्यावसायिक प्रयोजनका लागि रिलिज नगरिएको बताईएको छ । झण्डै साढे नौ करोड लागतमा बनेको यो चलचित्र बौद्ध धर्मका ठूला गुरु मानिने खिन्से नोर्बु (जोङसार खिन्से रिम्पोछे)ले निर्देशन गरेका हुन् । खिन्सेले ‘द कप’, ‘ट्राभलर एण्ड म्याजिसियन्स’, ‘ब्रिलियन मून’, ‘टुल्कु’ जस्ता विश्वबिख्यात चलचित्रहरु निर्देशन गरेका छन् ।

बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी (डाकिनी)का प्रशस्तै मिथक र दन्त्यकथा छन् । यो चलचित्र पनि यस्तै देवीको खोजीको कथा हो जसले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ । यसको निर्माण कम्पनी षट्कोण आर्टस हो । चलचित्रको सबै सुटिङ पनौती र पाटनमा भएको थियो । यसमा ६० प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग भएको छ । चलचित्रको मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलले अभिनय गरेका छन् । भारतमा जन्मिएका यी दुबै तिब्बती मूलका हुन् । दुबैले अभिनय गरेको यो पहिलो चलचित्र हो । कार्म, दिव्यदेव, रविन्द्रसिंह बानियाँ लगायतका नेपाली कलाकारले समेत यसमा अभिनय गरेका छन् ।

राम राघव आचार्यको लेखन तथा निर्देशनमा लभस्टोरी, कमेडी र थ्रीलर जनरामा बनेको ‘ए साथी सुन’मा वर्षा सिवाकोटी, रमेश बानियाँ, सुशिल पोखरेल, बिमला गिरी, स्वर्गीय जयनन्द लामा, आयन खड्का, रमेश अधिकारीका साथै बाल कलाकारहरु कृष्मा खड्का र इभान सन्जेलले अभिनय गरेका छन् । यो चलचित्र व्यावसायिक रिलिज भएतापनि शो संख्या भने निकै कम पाएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu