
काठमाडौँ।
अन्तत: नवल खड्काको चलचित्र ‘काँडेतार’को सेन्सर पास भयो । सेन्सर बोर्डले केहि दृश्य तथा संवादमा आपत्ती जनाउँदै हटाउन निर्देश गरेपछि निर्माता, निर्देशक तथा अभिनेता खड्का आक्रोशित भई पत्रकार सम्मेलन आयोजना गर्ने देखि सडक संघर्ष समेत गरेका थिए । उनले यो बिषयमा अदालतसम्म जाने बताएका थिए । तर, न उनि अदालत गए न त सेन्सर बोर्डले निर्देश गरेको नकार्न नै सके । उनले सेन्सर बोर्डले भनेबमोजिम नै दृश्य परिमार्जन गरेपछि बल्ल प्रमाणपत्र पाए । उनलाई धेरैले सेन्सरको सामान्य कुरालाई विवाद बनाएर प्रचारप्रसार गरेको आरोप पनि लगाएका छन् ।
यस बिषयमा ठुलोपर्दा डटकमले ‘काँडेतार’का निर्माता, निर्देशक तथा अभिनेता नवल खड्कालाई दुईवटा प्रश्न गरेका छौँ ।
हाम्रो प्रश्न १:
तपाईंलाई सरकारले झुकायो र त्यसपछि बल्ल सेन्सर पास गर्यो भन्ने आरोप छ। के यो साँचो हो ?
खड्काको उत्तरः
“सरकारले आफ्नो नियम, नीति, राष्ट्रिय,अन्तर्राष्ट्रिय कानुन बमोजिम पर्ने सक्ने खतरा लाई सोच, विचार गरेर नै कदम चालेको होला भन्ने लाग्छ, तर हामीलाई त्यस्तो लाग्दैन । यहि हे चुरो कुरो नमिलेको ।”

हाम्रो प्रश्न २:
दृश्य परिमार्जन गरेर सेन्सर लिनुभएछ, किन यत्रो हल्ला गर्नुभयो ?
खड्काको उत्तरः
“हामीले सामान्य मात्रै शब्द, एक दृश्य परिवर्तन गर्यौँ, बाँकी केही काटेको छैन । हामी सबैले खबरदारी नगरेको भए चलचित्र रिलिज गर्न गाह्रो त पर्थ्यो नै, यति चाँडै यति सजिलै पास हुँदैन थियो । हल्ला नगरेको भए धेरै दृश्य, सम्वाद काटनुपर्ने हुने थियो । जसले गर्दा चलचित्रको मूल मर्म नै मर्ने थियो ।”


