सरकारको नीति तथा कार्यक्रममा चलचित्रको स्थान कति ?



काठमाडौँ।
सरकारले काभ्रेपलान्चोक जिल्लाको बनेपामा चलचित्र छायांकनको लागि अत्याधुनिक इन्डोर स्टुडियो निर्माण कार्यलाई तीव्रता दिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरेका हुन्।

साथै, समाज रुपान्तरणका लागि सङ्घर्ष गर्ने व्यक्ति तथा घटनासँग सम्बन्धित ऐतिहासिक चलचित्र, वृत्तचित्र तथा स्वदेशी चलचित्र निर्माणलाई प्रवर्द्धन गरिने पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ। नेपाललाई अन्तराष्ट्रिय चलचित्र छायांकनको लागि नेपालका प्रमुख आकर्षक स्थलहरुलाई प्रवर्द्धन गरी चलचित्र पर्यटनको विकास गरिने पनि प्रस्तुत नीति तथा कार्यक्रममा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu