‘रमरम मरौटी’ मोडल रायमाझीले ल्याए ‘ए लड्की हँसी तो फसी’



काठमाडौँ।
यो समाचार तयार पार्दासम्म ३ करोड ४५ लाख भन्दा बढि पटक यूट्युबमा हेरिएको गीत ‘रमरम मरौटी’का मोडल ओबि रायमाझीले नयाँ गीत सार्वजनिक गरेका छन् । रायमाझीले आफ्नै शब्द, संगीत र स्वरमा ‘ए लड्की हँसी तो फसी’ बोलको गीतको भिडियो ल्याएका हुन् । स्वरमा एलिना चौहानले उनलाई साथ दिएकी छन् भने र्‍याप ओबी र कार्कीजीले गाएका छन् ।

यस गीतको भिडियोमा रायमाझी आफैले अभिनय गरेका छन् । ‘रमरम मरौटी’मा नायिका पुजा शर्मासँग अभिनय गरेका रायमाझीले यसपटक भने अञ्जु चौलागाईंलाई जोडी बनाएका छन् । यस गीतका निर्माता प्रकाश भण्डारी र रमेश श्रेष्ठ हुन् ।

भिडियो हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu