‘बाटो: रोड टु डेथ’को अंग्रेजी ट्रेलर रिलिज



काठमाडौँ।
नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो: रोड टु डेथ’ को अंग्रेजी ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार रिलिज ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई भयानक खलनायकको रुपमा देखाइएको छ । नेपाली ट्रेलर केहिदिन अघि रिलिज भएको थियो ।

काठमाडौँ फिल्मस् प्रालीको ब्यानरमा निर्माण भएको चलचित्रका लेखक तथा निर्देशक मदन थापा र छायाँकार शरण ऋषि हुन् । निर्देशक थापा तथा छायाँकार ऋषिसँग भारतको चेन्नइबाट बन्ने चलचित्रको अनुभव छ । चेन्नइमा नै यसको प्राविधिक काम भईरहेको छ । यो चलचित्र नेपाली, अंग्रेजी, तमिल र हिन्दी भाषामा तयार भईरहेको बताइएको छ ।

यस चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुरक्षण भारती, उत्पल झा, विजय ताम्राकार लगायतको मुख्य भूमिका देख्न सकिन्छ । निर्माता चन्दन झा हुन् । यसको रिलिज मिति भने सार्वजनिक गरिएको छैन ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu