ऐतिहासिक चलचित्र ‘भीमदत्त’ न्यूयोर्कमा प्रिमियर



bhimdatta

ऐतिहासिक नेपाली चलचित्र ‘भीमदत्त’ को अमेरिकाको न्यूयोर्कमा भव्य प्रिमियर भएको छ। न्यूयोर्कको कुईन्स स्थित सेन्टर सिनेमा हलमा रेड कार्पेट प्रिमियर शोमा न्यूयोर्कमा रहेका कलाकार, व्यवसायी, समाजसेवी, अधिकारकर्मी, पत्रकार एवम अन्य सर्व साधारणहरुको उल्लेख्य उपस्थिति  रहेको थियो।

‘भिमदत्त’ निर्देशक हिमग्याप लामा ‘टाँसी’ आधा समय नेपाल र आधा समय न्यूयोर्क बस्छन्। नवल खड्काले बनाएको यो चलचित्रमा मुख्य भुमिका पनि खड्काको नै छ साथमा निशा अधिकारी र सुमिना घिमिरेको अभिनय रहेको छ।

bhimdatta1
चलचित्र ‘भिमदत्त’ले सेन्सर बोर्डबाट PG प्रमाणपत्र पाएको थियो। 
डढेल्धुराका किसान नेता भिमदत्त पन्तको जीवनको इतिहासमा आधारित रहेर यो चलचित्र बनाईएको छ। प्रिमियेमा निर्माता तथा नायक नवल खड्का भने पुगेका थिएनन्। निशा र सुमिनाको पनि उपस्थिती रहेन।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu