
काठमाडौँ।
चलचित्र पत्रकारहरुले आज २४औँ चलचित्र पत्रकारिता दिवस मनाईरहेका छन् । व्यावसायिक चलचित्र पत्रकारले सङ्गठित हुनुपर्ने आवश्यकता महसुस गरेपछि २०५६ सालमा पेशागत सङ्गठनको रूपमा नेपालभरका चलचित्र पत्रकारहरूको छाता सङ्गठन ‘चलचित्र पत्रकार संघ’को स्थापना भएको थियो ।
दिवसको अवसरमा चलचित्र पत्रकार संघ नेपालले स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रमको आयोजना गरेको छ । स्थापना दिवसको अवसरमा प्रदान गरिँदै आएको चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार कार्यक्रम उक्त कार्यक्रममा प्रदान हुनेछ ।
चलचित्र पत्रकार संघ नेपाम २४ औँ वर्षमा आइपुग्दा १४६ जना सदस्य चलचित्र पत्रकार संघ नेपालको केन्द्रिय समितिमा छन् भने संघका ९ वटा विभिन्न शाखाहरुमा २५० जना सदस्य रहेका छन् ।