
काठमाडौँ।
नेपाल र भारतमा एक साथ रिलिजको तयारी गरिएको नेपाली चलचित्र ‘परस्त्री’का गीतमा भारतीय गायक-गायिकाको स्वरमा रेकर्ड गरिने भएको छ । यस चलचित्रका तीनवटा गीत अमित मिश्र, सोनल प्रधान र कुनल गञ्जवालाले गाउने भएका हुन् । अमित, सोनल र कुनल तीनैजना बलिउडमा लोकप्रिय पार्श्व गायक-गायिका हुन् ।
निर्देशक सुरज पाण्डेले कुनल गञ्जवालाको स्वरमा गीत रेकर्ड भइसकेको छ र अमित र सोनलले भने गाउन बाँकी रहेको बताए । यि गीतहरु नेपालीमा भने केतन क्षेत्री र निकिथा थापाले गीत गाएका छन् । चलचित्र असार १५ गते नेपाल र भारतमा एकसाथ रिलिज हुँदैछ ।
यसका लेखक दीपेन्द्र के खनाल हुन् भने निर्देशक सुरजकी आमा शर्मिला पाण्डे निर्माता हुन् । कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायत कलाकारको यसमा अभिनय रहेको छ ।