चलचित्र ‘हल्कारा’को चिठ्ठी लेखन प्रतियोगिताको वितेजा घोषणा



काठमाडौँ।
बैशाख २९ गते रिलिज भएको नेपाली चलचित्र ‘हल्कारा’ले आयोजना गरेको चिठ्ठी लेखन प्रतियोगिताको उत्कृष्ट तीन वितेजा घोषणा भएका छन् । प्रतियोगितामा भाग लिएका मध्ये मापदण्डमा परेका मध्येबाट तीनजना विजेता छानिएका हुन् । जसमा प्रथम पुरस्कार अन्नपूर्ण गाउँपालिका-०१, कास्कीका विक्रम परियार, द्वितीय पुरस्कार नयाँ बानेश्वर, काठमाडौँकी बबिता थापा र तृतीय पुरस्कार थाहा नगरपालिका-०६, मकवानपुरका बासुदेव अर्यालले प्राप्त गरेका छन् ।

चलचित्र टिमले विजेताहरुलाई सम्पर्क गरी पुरस्कार रकम प्रदान गर्ने बताएको छ ।  यो प्रतियोगितामा आफ्नो जीवनबाट टाढा भईसकेका, आफुले अत्यन्तै चाहेका, आफुले चाहेर पनि नपाएका अथवा आफुले सँधै सम्झिरहने व्यक्तिलाई पत्र लेख्न भनिएको थियो । पत्र पठाउँदा नेपालको गोश्वारा हुलाक कार्यालयमा पठाइएको हुनुपर्ने बताईएको थियो । सोहि अनुरुप नेपालभरबाट पत्रहरु प्राप्त भएका थिए ।

यो प्रतियोगिताका विजेता बैशाख २७ गते घोषणा हुने भनिएतापनि केहि प्राविधिक जटिलताका कारण मंगलबार नतिजा प्रकाशन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu