
काठमाडौँ।
जेठ २६ गते रिलिज हुने नेपाली चलचित्र ‘नीरफूल’मा समावेश गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । लिरिकल भिडियोमा राखिएका दृश्यहरुमा प्राकृतिक विपत्तिपछि एउटा परिवारमा आएको हलचललाई प्रस्तुत गरिएको छ । गीतमा राजेश पायल राईको स्वर रहेको छ भने चन्द्रकुमार दोङले संगीत दिएका छन् ।
२०७२ को महाभुकम्पमा छोरा हराएपछिको कथावस्तु समेटिएको यस चलचित्रमा दयाहाङ राई, बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकी, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय रहेको छ । पटकथा लेखक तथा निर्देशक फूलमान वल हुन् । सचिन घिमिरे एशोसियट निर्देशक हुन्। वलले यो चलचित्रलाई भुकम्पले भत्काएको सम्बन्धहरुलाई जोड्न गरिएको प्रयत्नको रुपमा दावी गरेका छन् ।
लिरिकल भिडियोः