‘आर आर आर’का भिलेन स्टिभेन्सनको निधन



हलिउड अभिनेता रे स्टिभेन्सनको निधन भएको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार उनको निधन २१ मे मा ५८ बर्षको उमेरमा भएको हो। उनको निधनको कारण भने खुलेको छैन।

आयरिश मुलका स्टिभेन्सनले पछिल्लो समय भारतीय चलचित्र ‘आर आर आर’मा नेगेटिभ भूमिकामा अभिनय गरेका थिए। उनले हलिउडका प्रसिद्ध चलचित्रहरु ‘थोर’ र यसको सिक्वेल ‘थोर: द डार्क वर्ल्ड’ लगायतका मार्वल चलचित्रहरुमा काम गरेका छन्।

उनि ९० को दशकको सुरुदेखि नै चलचित्र र टिभी कार्यक्रमहरूमा सक्रिय थिए। २००० को दशकमा, उनले हलिउडका एक्सन चलचित्रहरुमा आफ्नो छाप छोडेका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu