‘नाङ्गो गाउँ’का नेता बने दयाहाङ



काठमाडौँ।
दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनिरहेको चलचित्र ‘नाङ्गो गाउँ’को छायांकन सकिएको छ । ३३ दिन छायांकन गरी पोष्ट प्रोडक्शनको चरणमा पुगेको निर्देशक लामाले बताए ।

यस चलचित्रमा अभिनेता दयाहाङ राई नेता बनेका छन् । यसको पुष्टी गर्दै निर्देशक लामाले राईको नेता अवतारको फोटो सार्वजनिक गरेका छन् । राईको साथमा मिरुना मगरर, कर्मा, साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झा, विशाल पहाडी, अंकित खड्का, राज थापा, कमलमणि नेपाल, पुष्कर गुरुङ, घनुभाई जोशी, निमा पाण्डे लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्र भदौ २९ गते रिलिज हुने तय भईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu