चलचित्र ‘हुक्का’को ‘वाच एण्ड वीन’ अफर



काठमाडौँ।
शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ ले ‘वाच एण्ड वीन’ अफर ल्याएको छ । अफरअनुसार दर्शकले चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’को प्रत्येक टिकट किन्दा पोखराको अन्नपूर्ण केबल कार यात्रामा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । यो सुविधा नेपाल भरका दर्शकमा लागु हुने बताईएको छ ।

त्यस्तै, चलचित्र हेर्न आउने दुईजनाले सेल्फीसँग फोटो हालेर ‘#nepalimoviehookah12’ लेखेर फोटो अपलोड गर्ने ६ जनाले साइक्लिङ, स्वीङ र जिपलाइन, अन्नपूर्ण केवलकारको निःशुल्क टिकट र पोखराको सेदीस्थित कल्चर रिसोर्टमा २ दिनको लजिङ र फुडिङको सुविधा पाउनेछन् । यसका लागि दर्शकले चलचित्रको काटेको टिकट सुरक्षित राख्नुपर्नेछ ।

यो सुविधा आगामी असोज २८ गतेसम्म रहने बताईएको छ । शम्भु थापाको निर्देशन रहेको चलचित्रमा प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, प्रमिला खनाल, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, अलिशा भोगको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu