टुल्कीः प्रथाका नाममा किशोरीले भोग्नुपरेको पीडादायी कथा



काठमाडौँ।
यहि शुक्रबार रिलिज हुन लागेको नेपाली चलचित्र ‘टुल्की’को कथा सुन्दा नै आङ्ग जिरिङ्ग हुन्छ । भर्खर रजस्वाला सुरु भएकी एक किशोरी, जसले एक युवकसँग प्रेम गर्छिन् । घरका कान्छोभाई रहेका प्रेमीसँग उनले बिहे गर्छिन् र घर पुगिसकेपछि उनले चलिआएको प्रथाअनुसार श्रीमानका सबै दाजुभाईसँग सम्बन्ध राख्नुपर्ने हुन्छ । त्यसपछि सुरु हुन्छ उनको र उनका पतिको प्रथा विरुद्धको संघर्ष । यो चलचित्रको ट्रेलर हेर्दा पनि यो अनुमान सहजै लगाउन सकिन्छ । यसको छायांकन डोल्पा जिल्लाको शे–फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडालगायतका विकट गाउँबस्तीमा पुगेर गरिएको छ ।

चलचित्रको बिषयमा जानकारी दिन बुधवार पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । सम्मेलनमा बोल्दै निर्माता शेखर लामाले नेपालको हिमाली क्षेत्रमा चली आएको बहुपति प्रथालाई चलचित्रमार्फत देखाइन लागेको बताए । उनले भने, “टुल्कीमा डोल्पा, हुम्ला, मुगु लगायतका हिमाली जिल्लामा रहेको बहुपति प्रथा र यसविरुद्ध एक जोडीले गर्ने संघर्षलाई देखाउने कोशिस गरेका छौँ ।” यसका निर्देशक देव थापाले चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरी उपल्लो क्षेत्रमा जाने र र त्यहाँ गइसकेपछि उनले प्रथाका नाममा भोग्नुपरेको कथावस्तुलाई उजागर गरिएको बताए ।

यो चलचित्रको कथा लक्ष्मण सुनारले लेखेका हुन् । यसमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपाने लगायत कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu