काठमाडौँकी श्रीच्छा प्रधान बनिन् मिस नेपाल २०२३



काठमाडौँ।
मिस नेपाल २०२३ को ताज श्रीच्छा प्रधानले पहिरिएकी छन्। शनिबार गोदावरीस्थित सनराइज कन्फरेन्स हलमा सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपाल उपाधी प्राप्त गरेसँगै उनलाई गत वर्षकी मिस नेपाल प्रियंकरानी जोशीले ताज पहिराइन्। २३ वर्षीया प्रधान काठमाडौंको स्थायी बासिन्दा हुन्। वातावरण विज्ञानमा स्नातक गरेकी उनले आफूलाई वातावरणीय अभियन्ताको रूपमा चिनाउछिन्। उनले फेस अफ द इयर र मिस डीएचआईको सह-विधा पनि जितिन्।

मिस नेपालको उपाधिका लागि कुल २४ जनाले सेमिफाईनलमा प्रतिस्पर्धा गरेका थिए। मिस नेपाल इन्टरनेशनलको उपाधि प्रसिद्धि शाहले जितिन् भने मिस नेपाल अर्थको उपाधि रैना मजगाईँले जितका छन्। यी मुख्य उपाधिहरूको साथै १२ अतिरिक्त सह-विधाका विजेता पनि घोषणा गरिएको छ। मिस पपुलर च्वाइसमा प्रसिद्धी शाह, ऐश्वर्या श्रेष्ठ मिस फिटनेस क्वीन र मिस इन्टलेक्चुअल, ग्रिष्मा अधिकारी मिस ग्ल्यामर, मिस कन्फिडेन्ट प्रज्ञा बज्राचार्य, मिस हेल्दी स्किन रायना मजगैयाँ, मिस मल्टिमिडिया सुहानी खड्का क्षेत्री, फेस अफ द इयर र मिस डीएचआई श्रीइच्छा प्रधान, वुमन थि द विंग्स उन्नती गुरुङ, मिस फोटोजेनिक कीर्तिक खड्का, मिस ब्यूटी विथ द पर्पस आयुष्मा बराल विजेता भए।

ग्रान्ड फिनाले समारोहमा नेपाली फेसन, चलचित्र र संगीत क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली रक स्टार अभय सुब्बाको एकल प्रस्तुति सहित अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

द हिडन ट्रेजरले हरेक वर्ष मिस नेपाल प्रतियोगिता आयोजना गर्छ। यस वर्ष नयाँ मिस नेपाल भएपनि सन् २०२२ मा मिस नेपाल प्रियंकरानी जोशीले आगामी मिस वर्ल्ड प्रतियोगितामा राष्ट्रको प्रतिनिधित्व गर्नेछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu