लौन पत्रकार बन्धू हाम्रो हिरोईन खोज्दिनु पर्यो !



madan-richa

जुनकुनै चलचित्रको छायांकन को लागी होस या प्रदर्शनको समयमा ‘पब्लिसिटी’को लागी होस, मुख्य हतियार भनेका चलचित्रका नायक-नायिका नै हुन् । यो बीचमा नायक नायिकाले कहिले सुटिङ सेटमा नै नजाने तथा कहिले पब्लिसिटीमा साथ नदिने कारणले दुखी हुने निर्माण युनिटको समस्या पनि नेपाली चलचित्र उद्योगमा पुरानो रोग हो ।

यो क्रम चलिरहँदा पब्लिसिटीको लागी बोलाएर नआएको त अर्कै कुरा नायिका कहाँ छन् भनेर समेत निर्माण युनिटले थाहा नपाउँदा एक चलचित्रको युनिट तनावमा परेको छ । बैशाख १९ गतेलाई प्रदर्शनको मिती तय गरेको चलचित्र ‘माया गर ल’ को निर्माण युनिट यतिबेला नायिका कहाँ छिन् भन्ने नै पत्ता लगाउन नसकेपछी चिन्तित बनेको हो। पब्लिसीटीमा नायिकाको उपस्थीती नै प्रमुख बन्ने भएपनि आफ्नो चलचित्रकी मुख्य पात्र तथा अभिनेत्री ऋचा सिंह ठकुरी कहाँ छिन भन्ने समेत यो चलचित्रका निर्देशक मदन घिमिरेले लाई पत्तो छैन ।

ठुलोपर्दा डटकमसँग सोमवारको एक जम्काभेटमा निर्देशक घिमिरेले भने,’पब्लिसीटीको समयमा नायिका नै हराउँदा ठुलो समस्या हुने रैछ, लौन पत्रकार बन्धू हाम्रो हिरोईन खोज्दिनु पर्यो।’ घिमिरेले चलचित्रको ‘डबिङ्ग’को समय पछी नै ऋचा सम्पर्कमा नआएको तथा उनका नजिकका साथीहरुदेखी परिवारजनमा सोधखोजको कुरालाई अगाडी बढाईरहेको जानकारी दिए ।

maya-gara-la

स्रोतका अनुसार नायिका ऋचा नेपाल बाहिर छिन्। केहि बर्ष पहिले पनि दुबईको कुनै एक ‘डान्स-वार’मा नर्तकी बनेर देखिएकी उनी यो समयमा पनि उतै भएको आँकलन गरिए पनि उनी खासमा कहाँ र कुन देशमा छिन भन्ने खुलेको छैन । ऋचाले आफ्ना साथीहरुलाई सामाजिक सञ्जाल फेसबुकमा समेत आफु ठिक रहेको बताए पनि कुन ठाउँमा छु भनेर नखुलाएको बताईएको छ ।

कुनै चलचित्र प्रदर्शनको लागी तयार भएपछी दर्शकमाझ पुगेर सफल हुँदा नहुँदा सबैजना उत्तिकै जिम्मेवार हुन्छन् । त्यसैले नायिका पनि आफ्नो चलचित्र प्रती जिम्मेवार र उत्तरदायी हुनुपर्ने हुन्छ । यो बीचमा जे भएपनि चलचित्र प्रदर्शनको समयमा नायिका हराउनु साँच्चीकै दुखःद हो । चलचित्र जेसुकै होओस् भनेर ‘बाल मतलब भन्दै आफ्नो स्वार्थ पुरा गर्नमा मात्र लाग्नु गैर-जिम्मेवारीपना हो । जे होस्, सबैतिर हिरोईन हराईन भन्दै हिँडेका निर्देशक घिमिरेले छिट्टै नै आफ्नी नायिका भेटुन् अनि चलचित्रको पब्लिसिटिमा सँगसँगै देखिउन हाम्रो कामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu