‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जमा टिम डुलुवाको ‘दि नर्थेन वाल’ विजयी



काठमाडौँ।
वि विल राइज फाउन्डेसनले आयोजना गरेको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ को विजेता टिम डुलुवाको ‘दि नर्थेन वाल’ बनेको छ । ‘वेस्ट भिडियो अफ द इयर’को उपाधी जितेसँगै यो टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड प्राप्त गर्‍यो ।

शनिबार राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पार्‍यो भने प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ । यसले एक लाख नगद पुरस्कार प्राप्त गर्‍यो ।

प्रतियोगितामा कुल दस वटा विधामा अवार्ड प्रदान गरिएको थियो । ‘फ्युचर स्टार अफ दि इयर’– आदर्श पाण्डे, ‘मोष्ट पोटेन्सियल डेस्टिनेसन’–सन्दकपुर गाउँपालिका, ‘वेस्ट एडिटर’–आकाश धिमाल, ‘वेस्ट स्क्रिप्ट–भ्वाईस ओभर’–रुमण थापा, ‘वेस्ट स्टोरी कन्सेप्ट डिरेक्सन’–सुरेश कुमार मुखिया, ‘वुनम भिडियो मेकर अफ दि इयर’–गरिमा भण्डारी र ‘वेस्ट सिनेमाटोग्राफर’–सन्तोष मालेकरले जिते । योसँगै विजेता एक–एक लाख रुपैयाँ नगदसहित भिडियो च्यालेन्ज अवार्ड हात पारे । सन् २०२० र २०२३ मा प्राप्त २ सय ५८ भिडियो मध्येबाट विभिन्न दश विधामा ७० वटा भिडियो मनोनयन गरिएको थियो । प्रतियोगिता फाउन्डेसन र नेपाल टेलिभिजनको संयुक्त आयोजनामा भएको हो ।

रफाउन्डेसनका संस्थापक तथा अध्यक्ष तुलसी कुमार गुरुङले ‘मेरो गाउँ, मेरो ठाउँ भिडियो च्यालेन्जको पहिलो संस्करणले ओझेलमा रहेका थलोहरु उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘दुर्भाग्यवश कोरोना महामारीका कारण हामीले वितेका तीन वर्ष हामीले प्रतियोगिता आयोजना गर्न सकेनौँ । आफ्नो गाउँठाउँ चिनाउने यस अभियानलाई निरन्तरता दिइरहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ थिए । उनले आगामी दिनमा वि विल राइजजस्ता संस्थाहरूको विकास र सुदृढीकरणले नेपालको पहिचान र प्रगतिलाई अझ उन्नत उचाइमा पुर्‍याउन सफल हुने बताए । त्यस्तै, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म डेस्टिनेसनका लागि नेपालका सुन्दर ठाउँहरूको उजागर गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu