ग्रामीण चलचित्र महोत्सवको दोस्रो संस्करण काभ्रेमा हुने



काठमाडौँ।
‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । आयोजक संस्था सेलिब्रेटी नेपालले सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म महोत्सव हुन लागेको जानकारी गराएको छ ।

सो महोत्सवको पहिलो संस्करण गोरखा जिल्लाको लाप्राकमा आयोजना भएको थियो । सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाका अनुसार दोस्रो संस्करणमा २६ वटा चलचित्रहरु सहभागी हुनेछन् । नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका स्वदेशी फिचर तथा लघु चलचित्र, डकुमेन्ट्री तथा भाषाभाषीका चलचित्रहरु मात्र सहभागी हुन पाउने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu