‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
नेपाली चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदीप शाहीले निर्देशन गरेको यस चलचित्रको ट्रेलर रिलिज गरिएको हो ।

‘मर्डर मिस्ट्रि ’को कथालाई चलचित्रमा समावेश गरिएको बताईएको छ । ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन लगायतलाई स्थान दिइएको छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता हुन् । बाबु श्रेष्ठको छायाँकन,रुपेश गुरुङको सम्पादन रहेको यस चलचित्रको प्रोडक्सन डिजाईनर प्रेम खड्का हुन् ।

ट्रेलरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu