कंगनाले किन लिईन् सगरमाथाको चिन्ता ?



काठमाडौँ।
बलिउड अभिनेत्री कंगना रनावतले ट्वीटरमा सगरमाथा क्षेत्रको भिडियो पोस्ट शेयर गर्दै यसबारेमा चिन्ता जताएपछि दुई दिनदेखि उनी समाचार बनेकी छन् । सिटिजन फ्रि प्रेस नामक एकाउन्टमा पोस्ट भएको भिडियो शेयर गर्दै उनले भिडियोमा विश्वको सर्वोच्च शिखर क्षेत्रमा फोहोर जम्मा हुनु निकै दुःखदायी भएको बताएकी छन् ।

उनले लेखेकी छन्, “जो मानिसले आफुलाई भगवानको मनपर्ने ठान्छ, उसले वास्तविकता जाँच गर्न आवश्यक छ । यो दृश्य हेर्नुहोस् तपाईले महसुस गर्नुहुनेछ कि मानव सायद भगवानलाई सबैभन्दा कम मनपर्नेमा पर्छ । मानिसहरुले आफ्नो दुर्गन्धित फोहोर पदचिह्न जताततै छोड्न उद्दत हुन्छन् । संसारलाई मानिसबाट बचाउनुहोस्, कृपया… ।”

उनले यो पोस्ट शेयर गरेसँगै चर्चाको पात्र बनेकी छन् । उनको यो विचारबाट उनी वातावरणप्रेमी रहेको प्रष्ट हुन्छ । अर्को महत्वपूर्ण कुरा, सगरमाथा नेपाली भूमिमा छ । यसको व्यबस्तापन पनि नेपाल सरकारले नै गर्छ तर, सगरमाथा विश्वको अमूल्य निधि हो । यो सबैको साझा सम्पती हो । यसर्थ, कंगनाले यसको चिन्ता जताएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu