ऐना जडित कस्ट्युममा शिल्पा र गौरव, ‘परस्त्री’को गीत रिलिज



काठमाडौँ।
चलचित्र‘परस्त्री’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया बस्यो तिमीसँग’ बोलको गीतमा केतन क्षेत्री र निखिता थापाको स्वर रहेको छ । यो गीतका संगीतकार के.के. ब्रदर्श अथवा कोशिस र केतन क्षेत्री हुन् ।

गीतको भिडियोमा मुख्य कलाकारहरु शिल्पा मास्के र गौरव बिष्ट फिचर्ड छन् । भिडियोमा प्रयोग भएको कस्ट्युममा नयाँ प्रयोग गर्दै ऐनाका टुक्राहरु जडान गरिएको छ । उक्त ड्रेसमा नायक नायिकाहरुको ‘एक्सप्रेसन’ पनि ‘म्याच’ गराईएको छ । दुईजनाको रोमान्टिक केमेष्ट्रीलाई भरपुर देखाउने कोशिस गरिएको छ । कोरियोग्राफी वाइल्ड रिपर्ज ग्रुपको रहेको छ ।

असार १५ गते रिलिज हुने यो चलचित्रका निर्देशक सुरज पाण्डे हुन् । यसअघि अभिनय गरेका पाण्डेले पहिलो पटक निर्देशन गरेका हुन् । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा यो चलचित्र बनेको बताईन्छ । यसमा शिल्पा र गौरवका अलवा कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् । चलचित्रको हाल भारतको मुम्बईमा प्राविधिक काम भैरहेको छ ।

गीत हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu