चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक



काठमाडौँ।
नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको पोस्टरमा दुई महिला र एक बालकलाई राखिएको छ । पोस्टरमा नायिका सुरविना कार्की, अनिता पण्डित र बाल कलाकार आश्वि घिमिरेलाई राखिएको छ ।

चलचित्रकी निर्देशक अनिता पण्डितले सार्वजनिक पोस्टरले यो चलचित्रको थिम बुझाउने बताईन् । उनले भनिन्, “अटिजम भनेको कुनै रोग होईन । यो कहिल्यै ठिक नहुने भन्ने सोचको विरुद्द हामीले चलचित्रमा कथा उठान गरेका छौँ । अटिजम एक अवस्था मात्र हो र यो अवस्थामा रहेका बच्चालाई आफैले सामान्य अवस्थामा ल्याउन सकिन्छ भन्ने प्रसंग चलचित्रमा पाईन्छ ।” उनले रिलेशनसिपलाई एक्सप्लोर गर्न चाहने एक आमाको संघर्ष पनि चलचित्रमा रहेको बताईन् । उनले भनिन्, “प्राकृतिक रुपमा नै फरक महशुस गर्ने महिलाहरुको कथा समेत यस चलचित्रमा रहेको छ । बच्चाको अटिजम समस्यासँगै रिलेशनसिप एक्सप्लोर गर्न चाहने आमाको कथा यसको प्रमूख कथा हो ।” यो चलचित्रमा अभिनयसँगै लेखन र निर्देशन पण्डितको रहेको छ ।

यस चलचित्रमा सुरविना कार्की, निशान चौहान, कैलाश रावल र रोशनी कार्कीको पनि प्रमूख अभिनय रहेको छ । आश्वि फिल्मसले चलचित्र निर्माण गरेको हो । पोस्टरमा रिलिजबारे भने केहि खुलाईएको छैन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu