चलचित्रकर्मी घिमिरेसँग रास्वपा सांसद सोविता गौतमले गरिन् बिहे



काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित सांसद सोविता गौतमले नेपाली चलचित्रकर्मी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी छन् । प्राप्त जानकारीअनुसार केहि समयदेखि प्रेम सम्बन्धमा रहेका उनिहरुको विवाह गत साता नै भएको थियो ।

भक्तपुरको कमेरेटारस्थित सोबिताको माइतीघरमा आयोजित धार्मिक अनुष्ठानकै अवसरमा विवाह भएको नेपालप्रेसले लेखेको छ । समाचारअनुसार पारिवारिक श्रोतले विवाह भएको पुष्टी गरेतापनि वैवाहिक समारोहका फोटोहरु सार्वजनिक भएका छैनन् । विवाहपश्चात उनिहरु जापान भ्रमणमा पुगेको बताईएको छ ।

गृहेन्द्र चलचित्र निर्माण तथा ईभेन्ट म्यानेजमेन्ट गर्ने कम्पनी गृष्मा ब्रोडकास्टिङका सञ्चालक हुन् । उनको यस कम्पनीले नेपालका सातवटै प्रदेशमा हरेक बर्ष सप्तरङ्ग नामक कार्यक्रमको आयोजना गर्दै आएको छ भने नेपाल आइडल-३ का उत्कृष्ट तीन विजेतालाई विश्वभ्रमण लगायतका कार्यक्रमहरुको आयोजना गर्छ । यो कम्पनीले चलचित्र निर्माणको काम समेत गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu