नायिका नीताले निर्देशन गरेको म्यूजिक भिडियो ‘प्रतिक्षा’मा पार्वतीको कथा



काठमाडौँ।
नायिका नीता ढुंगानाले निर्देशन गरेको म्यूजिक भिडियो ‘प्रतिक्षा’ रिलिज भएको छ । शुक्रवार इन्टरनेटमा रिलिज भिडियोमा एक सत्यकथालाई देखाईएको छ ।

भिडियोमा कलिलो उमेरमा नै आफ्ना श्रीमान हराएपछि जीवनभर प्रतिक्षामा रहेकी एक महिलाको कथा देखाईएको छ । भिडियोमा अन्त्यमा पार्वती कर्माचार्यका यथार्थ जीवनका केहि फोटो र भिडियोहरु पनि राखिएको छ । गीतका शब्द सचिता कर्माचार्यले लेखेकी हुन् । स्वर तथा संगीत कर्ण दासको रहेको छ ।

भिडियोमा गौरी मल्ल, सुरेश सिल्पकार, गजित बिष्ट, गोपालकाजी कायस्थ, श्रृष्टी भुजेल लगायतको अभिनय रहेको छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu