‘मेरो बेष्ट फ्रेण्ड’को अफिसियल प्रोमो तथा पोस्टर सार्वजनिक



best friend

बैसाख २६ गतेलाई प्रदर्शनको मिती तय गरेको चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’को अफिसियल प्रोमो तथा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक प्रोमो तथा पोस्टरबात चलचित्रमा अन्य दुई नाम चलेका कलाकारहरुले पनि अभिनय गरेको समेत रहस्य खुलेको छ । उक्त प्रोमोमा यसअघी यो चलचित्र सँग कतै पनि नाम नजोडिईएका दुई कलाकार केकी अधिकारी र बिमलेश अधिकारी पनि देखिएका हुन।

यसअघी कुनै जानकारी नगराएको भए पनि रामनवमीको छेकोमा मंगलवार सार्वजनिक यो चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’को प्रोमो तथा पोस्टरमा किन एकैचोटी केकी र बिमलेशलाई देखसईयो भन्ने कुरा निर्माण युनिटले बताएको छैन । यद्धपी रहस्यमय रुपमा एकै पटक यी कलाकारलाई सार्वजनिक गर्दा प्रचार-प्रसारमा थप राहत पुग्ने र केहि चर्चा बटुल्ने देखिएर नै निर्माण युनिटले यो उपाय अपनाएको हुनुपर्छ ।

 

प्रशन्न पौडेलले निर्देशन गरेको यो चलचित्रमा केकी र बिमलेश सँगसँगै प्रियंका कार्की, रेश मरहठ्ठा, दिवश उप्रेती, पुजा शर्मा लगायतका कलाकारहरुको अभिनय रहेको छ । नायिका प्रियंका कार्कीको पहिलो चलचित्र भएपनि लामो समयपछी मात्रै यो चलचित्र प्रदर्शनमा आउन लागेको हो । प्रोमो हेर्नुहोसः

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu