लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को पोस्टर सार्वजनिक



काठमाडौँ।
लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को पोस्टर सार्वजनिक गरिएको छ । सोमबार सार्वजनिक पोस्टरमा यसका प्रमुख पात्रहरु भुवन सिंह राई, सारा राई र बुद्धि तामाङलाई राखिएको छ ।

यो चलचित्रका निर्देशक किरण राई हुन् भने निर्माता ज्योतिराज राई हुन् । यो चलचित्र श्रावण ५ गते रिलिज हुने पोस्टरमा उल्लेख गरिएको छ । निर्देशकका अनुसार राई लिम्बु संस्कृतिलाई यस चलचित्रमा महत्वका साथ उठान गरिएको छ ।

यसको कथा भुवन सिंह राईले लेखेका हुन् भने भुवन सिंह राई,प्रयास घिमिरे र निश्चल सापकोटाले पटकथा र सम्वाद लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu