सुर्खेतमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने



काठमाडौँ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजना हुने भएको छ । सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी सुर्खेतको विरेन्द्रनगरमा प्रथम पटक‘कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८०’को आयोजना हुने जानकारी गराईएको छ ।

कर्णालीको कथा, जीवनशैली, भेषभूषा, कला र संस्कृति, भाषा, साहित्य, परम्परा र रीतिरिवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्धन गर्ने उदेश्यले ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सव २०८०’ आयोजना गर्न लागिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए । आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृति तथा चलचित्र पर्यटन प्रवर्धन गर्नु जरुरी देखेर महोत्सव आयोजना गरिएको चन्दले बताए ।

कार्यक्रममा उपस्थित प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाहीले आकर्षक योजना ल्याएर कर्णालीमा सिनेमा छायाङ्कनको गन्तव्य बनाउन संसदमा आवाज उठाउने बताए । पत्रकार सम्मेलनमा पुर्व राज्यमन्त्री कुन्ती कुमारी शाही, अभिनेता शिव श्रेष्ठ, हाँस्यकलाकार हिमेश पन्त, मध्यपश्चिमाञ्चल विश्व विद्यालयका पूर्व रजिष्टार डाक्टर महेन्द्र बहादुर मल्ल, निर्देशक रामशरण पाठक निर्मात्री रज्जु प्रधान लगायतको उपस्थिती रहेको थियो ।

यो महोत्सव रेडचेरी मिडिया प्रा.लि.को आयोजना तथा कर्णाली प्रदेश सरकार र चलचित्र विकास बोर्डको सहकार्यमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu