गोरखपुरबाट आयो मलिकाको अगस्त्य लुक्स



काठमाडौँ।
सौरभ चौधरीले निर्देशन गरिरहेको नेपाली चलचित्र ‘अगस्त्य’को छायांकन सेटबाट अभिनेत्री मलिका महतको क्यारेक्टर लुक्स बाहिरिएको छ । भारतको गोरखपुरबाट सुरु भएको छायांकनमा हाल अभिनेता सौगात मल्ल र मलिकाको छायांकन भईरहेको छ । केहि दिनमा नै अर्का अभिनेता नाजिर हुसेन पनि छायांकनको लागि गोरखपुर जाने बताईएको छ ।

गोरखपुरको बजार क्षेत्रमा २५ दिनसम्म छायांकन हुने बताईएको छ । त्यहाँको छायांकनपछि नेपालको भैरहवा, नवलपरासी र काठमाडौँमा पनि छायांकन हुनेछ । हराएकी प्रेमिकाको खोजीका लागि गर्ने संघर्षको कथामा एक्सन थ्रिलर चलचित्र बन्न लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu