
काठमाडौँ।
याम शेर्पाको लेखन तथा निर्देशन रहने चलचित्र ‘कार्साङ’मा अभिनेता दयाहाङ राईले अभिनय गर्ने भएका छन् । यो चलचित्रको छायांकन सिन्धुपाल्चोकको बाह्रबिसे तथा भोटेकोसी आसपासमा छायांकन गरिने बताईएको छ ।
समसामयिक बिषयमा बन्ने चलचित्रमा आवश्यक अन्य कलाकारहरुको लागि अडिशन आह्वान गरी छनोट गरिने निर्देशक शेर्पाले बताए । केहि लघु चलचित्रहरु निर्देशन गरेका शेर्पाले फिचर चलचित्र भने पहिलो पटक निर्देशन गर्न लागेका हुन् ।