काठमाडौँमा ‘नीरफूल’को भव्य प्रिमियर



काठमाडौँ।
यही शुक्रबार रिलिज हुने नेपाली चलचित्र ‘नीरफूल’को काठमाडौँमा प्रिमियर शो को आयोजना गरिएको छ । बुधवार साँझ भएको प्रिमियरमा यो चलचित्रले नेपाली कथा बोकेको भन्दै प्रशंसा पाएको छ ।

नाचगान र झाँकी सहित भएको प्रिमियरमा कलाकारहरु दयाहाङ राई, शान्ति वाईवा, बुद्धी तामाङ लगायतले छमछमी नाचेका थिए । प्रिमियरमा चलचित्रकर्मी, साहित्यकार, संगीतकर्मी, सञ्चारकर्मी, विभिन्न संस्था संस्थानका प्रतिनिधिहरुहरुको उल्लेख्य उपस्थिति थियो । चलचित्र फरक र मौलिक बनेको प्रतिक्रिया पाएको यो चलचित्रको बुकिङ पनि सन्तोषजनक रहेको बताईएको छ ।

यस चलचित्रका निर्देशक फूलमान बल हुन् । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यले पुनःमिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबालगायतको अभिनय गरेका छन् ।

नेपाल म्यान्मार फ्रेन्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको यो चलचित्रमा डोमा सोनाम कार्यकारी निर्माता हुन् । चलचित्रलाई दीपक श्रेष्ठ (युके), माया केसी (युएई), इन्द्र तामाङ (अमेरिका) उदय लामा (जापान), चन्द्रमाया लामा (इजरायल), दिनेश लामतरी मगर (कोरिया)सँगै नेपालबाट अजितमान तामाङ, दिजेश श्रेष्ठ, विके श्रेष्ठ, तेन्जिन सोनम लामा, गणेश थापा, अशोक थापा लगायतले निर्माण गरेका हुन् । चलचित्रको पटकथा सचिन घिमिरे र फुलमान बलले लेखेका हुन् । जसमा प्रमोद कार्कीको छायाँकन, निमेश श्रेष्ठको सम्पादन, अर्जुन पोखरेल र चन्द्र कुमार दोङको संगीत रहेको छ । फिल्मका गीत राजेश पायल राई, प्रमोद खरेल र दुर्गा खरेलले गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu