विशाल र अस्मिताको गीत ‘दिलमा ठाउँ दियौ’को भिडियो सार्वजनिक



काठमाडौँ।
गायक विशाल निरौला र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘दिलमा ठाउँ दियौ’को भिडियो सार्वजनिक भएको छ । यसमा विशाल निरौलाको शब्द, संगीत, मिक्सिङ र मास्टरिङ छ ।

आर्ट मुभिजको प्रस्तुति रहेको भिडियोमा शिव आर ठकुरी र सिजल कडरिया फिचर्ड छन् । भिडियोमा दुवैलाई रोमान्टिक भावमा प्रस्तुत गरिएको छ । अष्ट्रेलियामा फिल्म निर्माणको अध्ययन गरिरहेका शिवले बिदामा नेपाल आएको मौका पारी भिडियोमा अभिनय गरेका हुन् ।

रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा मानकृष्ण महर्जनको डीओपी, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, सुदीप ढकालको प्रोडक्सन छ ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu