
बुटवल।
नेपाली कथानक चलचित्र ‘रोशनी’को ‘जुनी जुनी’ शिर्षको रिलिज गरिएको छ । शुक्रबार बुटवलमा आयोजित एक कार्यक्रमकाबीच चलचित्रको मुख्य अंशका रुपमा रहेको उक्त गीत सार्वजनिक गरिएको हो ।
गीतमा अनिल पहाडी र अन्जु पन्तले स्वर दिएका छन् । विमोचनपछि बोल्दै गायक पहाडीले चलचित्र क्षेत्रमा आफूले पहिलो पटक स्वर दिएको अनुभव सुनाउँदै दर्शक तथा स्रोताले साथ दिनेमा विश्वास व्यक्त गरे । चलचित्रले देखाउन खोजेको मूल सन्देशलाई थप अर्थपूर्ण र मिठासका लागि यो जुनी जुनी बोलको गीतले सहयोग गर्ने उनले बताए । डा. कृष्णहरी बरालको शब्द रहेको गीतमा चलचित्रका कलाकारहरु रमेश अब्जु, कशिसा दाहाल, नितल पल, सुरज राना तथा मेनका गिरीको अभिनय रहेको छ ।
निर्माता मलिन भारी, चलचित्रका नायक नितन पल लगायतले बोल्दै संघीय राजधानी काठामाण्डौं बाहिरका विभिन्न शहरहरुको जनजिविकालाई टिपेर बनाइएको चलचित्र भएका कारण मोफसलबाटै सबैभन्दा बढी दर्शक पाउने विश्वास व्यक्त गरे ।
सो चलचित्रको शनिबार बुटवलमा च्यारिटी शो हुने भएको छ ।
गीतः