ठुलोपर्दामा निकेशको जम्प | जिन्दगी रक्सबाट डेब्यु



thulopardanews

म्युजिक भिडियोबाट ‘रिल लाईफ’ निर्देशनको अनुभव बटुलेका निर्देशक निकेश खड्काले अब भने ठुलोपर्दामा पनि डेब्यु गर्ने भएका छन् । मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा खड्काको डेब्यु निर्देशनमा तयार हुन लागेको चलचित्र ‘जीन्दगी रक्स्’को निर्माण घोषणा गरियो । चलचित्रमा सुजिता श्रेष्ठको लगानी रहनेछ ।

 

चलचित्र भि प्रोडक्सन एण्ड निकेश क्रियशनको व्यानरमा बन्नेछ । युवा युवतीबीच हुने रोमान्टिक प्रेमको कुराहरुलाई मुख्यतः पर्दामा उतार्ने तयारी स्वरुप निर्माण घोषणा गरिएको यो चलचित्रमा म्युजिक भिडियोबाट नै ठुलोपर्दामा छाएकी नायिका केकी अधिकारी सँगै नायिका ऋचा शर्मा, मोडल तथा भिजे अकेशा बिष्टको साथमा मोडलिङमा छाएका अनुहार सौरमराज तुलाधर र सोनाम पाख्रिन मुख्य पात्रको रुपमा देखिनेछन् ।

 

म्युजिक भिडियोमा अनुभव संगालेका निकेश खड्काले निर्देशन गर्न लागेको ‘जिन्दगी रक्स्’ नामक फिल्ममा म्युजिक भिडियोमै चलिरहेको अनुहार अकेशा बिष्ट, सौरमराज तुलाधर र सोनाम पाख्रिनसँगै निश्चल बस्नेत लगायतले मुख्य भूमिका निर्वाह गर्दैछन् । चलचित्रको ६५ लाख लागत भनिएको छ । हरि हुमागाईको क्यामेराले खिच्ने यो चलचित्रमा द्वन्द्व राजेन्द्र खड्गीको रहनेछ । भने चलचित्र ‘जीन्दगी रक्स’मा संगित सुगम पोखरेल र कमल खत्रीले भर्नेछन । चलचित्रमा काठमाडौ सहित चितवन र पोखराका दृश्यहरु समाबेश हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu