हिन्दी भाषामा चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘परस्त्री’को हिन्दी भाषाको ट्रेलर सार्वजनिक भएको छ। शनिवार भारतिको बिफोरयु मुभिज् नामक च्यानलबाट हिन्दी भाषामा ट्रेलर सार्वजनिक गरिएको हो । यो चलचित्रका हिन्दी भाषामा बनेका गीतहरु समेत बिफोरयु को म्यूजिक च्यानलबाट सार्वजनिक भएका छन् ।

विवाहेत्तर सम्बन्ध र त्यसको सामाजिक असरको कथामा बनेको यो चलचित्र सुरज पाण्डेले निर्देशन गरेका हुन् । ट्रेलरमा शिल्पा मास्के, कोसिस क्षेत्री र गौरव विष्टलाई शीर्ष स्थानमा राखिएको छ। असार १५ गते रिलिज हुने यस चलचित्रमा बदलाको कथा रहेको छ।

चलचित्रमा शिल्पा, कोशिस र गौरवका अलवा अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा शर्मिला पाण्डे र दीपेन्द्र के खनालले निर्माणमा सहकार्य गरेका छन् । खनाल चलचित्रका लेखकसमेत हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu